काठमाडौं, २० माघ। नेपाल आयल निगमले ग्यासको मूल्य बढाएको छ भने पेट्रोल र डिजेलको मूल्य घटाएको छ। नेपाल आयल निगमले सोमबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ।
निगमले जारी गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा एक/एक रुपैयाँ घटेको हो।अब पेट्रोलको मूल्य ११०, डिजेल र मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम गरिएको छ।
त्यसैगरी ग्यासको मूल्य भने बढाइएको छ। ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले बढाएर १३ सय ७५ रुपैयाँ पुर्याएको निगमले जनाएको छ। हवाइ इन्धनको मूल्य भने यथावत रहेको छ ।