नेविसंघद्वारा स्ववियू निर्वाचनको वातावरण तय गर्न त्रिवीलाई आग्रह

rajib_dungana team
लोकपाटी न्यूज

काठमाडौं, २० माघ । नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको वातावरण तय गर्न त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेको छ। सोमबार काठमाडौैंस्थित नेविसंघको कार्यालयमा २ जना उपसभापति र ५ जना महामन्त्रीको पदभार ग्रहण कार्यक्रममा नेवीसंघका अध्यक्ष राजीव ढुंगानाले यस्तो आग्रह गरेका हुन् ।

स्ववियू निर्वाचनप्रति नेविसंघ जिम्मेवार रहेको भन्दै उनले निर्वाचनका लागि विश्वविद्यालथ जिम्मेवार नदेखिएको बताए। शिक्षाध्यक्ष र रेक्टरको नियुक्तिमा भइरहेको ढिलाइले निर्वाचन हुनेमा शंका जन्माएको छ बताए।

त्रिवीले स्ववियू निर्वाचन आगामी फागुन १४ गते गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। तर, स्ववियू निर्वाचन परिचालन समितिको अध्यक्ष हुने रेक्टर भने नियुक्त गरेको छैन।