पैसा यसरी बचत गर्नुहोस्, जसले तपाईलाई धनी बनाउँछ

gold-coins-money-saving
  • 5
    Shares
लाेकपाटी न्यूज

काठमाडौं। मानिसलाई शक्तिमा पुर्‍याउने सबैभन्दा ठूलो भर्‍याङ भनेको नै पैसा हो। पैसा कमाउन मात्र होइन वचत गर्न जानियो भने मात्र मानिस धनी बन्छ। सँगसँगै शक्तिशाली पनि।

कुनैपनि व्यक्ति कमाएर होइन, बचत गरेर धनी हुन्छ। किनभने जति कमायो उति खर्च गर्ने मानिस कहिल्यै पनि धनी हुन् सक्दैन । तर, आफ्नो कमाईबाट बचत गर्दै थप लगानी गर्दै अघि बढ्ने मान्छे अवश्य धनी हुन्छ। धनी बन्न त्यति सजिलो छैन। मान्छे न कमाएर मात्रै धनी हुन्छ, न त बचत गरेर मात्रै। प्रत्येक समय उपयुक्त निर्णय गर्दै पैसाको सदुपयोग गर्न सक्ने मान्छे मात्रै धनी हुन्छ। यस्तो गर्नसक्ने क्षमता एकदमै कमसँग मात्रै हुन्छ। अर्थशास्त्री स्टुअर्ट रदरफोर्डले भनेका छन्, ‘बचत धनी मानिसले मात्र गर्ने कुरा होइन बरु यो गरीबहरुको साथी हो।

आफ्नो कमाइबाट नियमितरुपमा बचत गर्न सक्ने हो भने गरीब मानिस पनि धनी बन्न सक्छ।’ तर, २ र ४ हजार वचत गरेर के नै हुन्छ र भन्ने मानिस जुन अवस्थामा छ, त्यहाँभन्दा माथि उठ्न निकै कठिन हुन्छ। आजको स-सानो बचतले भोलि तपाईलाई ठूलाठूला आर्थिक भारबाट जोगाउन सक्छ। त्यसैले आफ्नो कमाइबाट बचत गर्नुहोस्। तपाईं जति कमाउनुहुन्छ पहिला त्यसको हिसाब गर्नुस् र, आफ्नो आम्दानीबाट कति रुपैयाँ बचत गर्ने ? त्यो यकिन गर्नुहोस्। म यति रुपैयाँ चाहीँ बचाउँछु भनेर तपाई लाग्नुभयो भने मात्रै तपाईंले फजुल खर्च कटौति गर्न सक्नुहुन्छ ।

एकदिन, एक महिना वा एक वर्ष मात्रै बचत गरेर पनि हुँदैन। तपाईंले सँधैका लागि बचत गर्ने बानीको विकास गर्नुपर्छ । एक वर्षसम्म दैनिक १० रुपैयाँ मात्रै जम्मा गर्ने हो भने एक वर्षमा करिव ३,६५० रुपैयाँ हुँन्छ । तपाईं सिगरेट पिउनुहुन्छ भने दिनको एउटा सिगरेट कम गर्नुहोस्। र, त्यो पैसा बचत गर्नुहोस्।

अनि यसरी बचत गरेको पैसा बैंक, वित्तीय संस्था वा सहकारी संस्थाहरुमा राख्नुहोस्। यी संस्थाहरुले ब्याज दिन्छन्। र, तपाईको पैसाको सुरक्षा पनि राम्रो हुन्छ। बैंकको ब्याजले मात्रै पनि पुग्दैन। त्यसैले यसरी बचत गरेको पैसाले बीमा गर्नुहोस्। बीमा गर्नुभयो भने तपाईंले आफ्नो लाखौंको जोखिम न्यूनिकरण गर्न सक्नुहुन्छ । बीमा गर्नका लागि खर्च गरिएको रकम पनि बचत नै हो। खर्च गर्नुअघि १० पटक सोच्नुहोस् कि यो मेरो आवश्यकता हो कि होइन भनेर। यदि तपाईंको आवश्यकता होइन भने खर्च गर्नतिर नलाग्नुहोस्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्