राप्रपा (संयुक्त) का नेता थापाद्वारा पार्टी परित्यागको घोषणा

thapa pic
लोकपाटी न्यूज

काठमाडौं, २१ माघ। राप्रपा (संयुक्त) का उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्य विष्णु विक्रम थापाले पार्टी परित्याग गरेका छन्। पार्टी पश्चगमनतर्फ उन्मुख हुन् लागेको भन्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन्।

पार्टी अध्यक्षद्वय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीलाई सम्बोधन गरेर उनले लेखेको पत्रमा उच्चस्तरीय कार्यसम्पादन समितिका साथै केन्द्रीय सदस्य र साधारण सदस्यबाट समेत राजीनामा दिइएको उल्लेख गरेका छन्।

सिन्धुपाल्चोकका उनले विभिन्न राजनैतिक प्रतिकुलतामा समेत आफूलाई सहयोग गर्ने जिल्लाबासीलगायतका शुभेच्छुकलाई धन्यवाद दिँदै आफ्नो कारणले असहज महसुश भएको भए क्षमाप्राथी रहेको बताएका छन्। यसैबीच थापा नेपाली काँग्रेसमा प्रवेश गर्ने तयारीमा रहेको बताइएको छ।