चीनमा रहेका नेपालीको अवस्थाबारे जानकारी चाहियो: सांसद बडु

badu
लोकपाटी न्यूज

काठमाडौं। प्रमूख प्रतिपक्षी नेपाली कांग्रेसले चीनमा रहेका नेपालीको अवस्थाबारे सरकारसँग जानकारी माग गरेको छ।

मंगलबार प्रतिनिधिसभा संसदमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले चीनमा रहेका नेपालीको अवस्थाबारे सरकारसँग जानकारी माग गरेका हुन्।

चीनको वुहानमा कोरोनाभाइरस संक्रमण फैलिएको छ। त्यहाँ रहेका करिब दुई सय जना नेपालीले आफूलाई उद्धार गर्न आवेदन फाराम भरे पनि सरकारले उद्धार गरेको छैन।

‘छिमेकी देश चीनमा कोरोनाभाइरस संक्रमण फैलिएको छ। त्यहाँ रहेका नेपालीको अवस्था कस्तो छ?,’ उनले भने, ‘उद्धार र संक्रमण भेटिएमा नेपालमा उपचारको गर्न सक्ने तयारी कस्तो छ संसदमा जानकारी गराइयोस्।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्