पिएन क्याम्पसमा भूगर्भसम्बन्धि कार्यक्रम सम्पन्न

20200203_132244
लाेकपाटी न्यूज

अशोक ढकाल/पोखरा। पृथ्वीनारायण क्याम्पसमा भूगर्भशास्त्र सम्बन्धि अनुसन्धान पत्र प्रस्तुत कार्यक्रम सप्पन्न भएको छ। पृथ्वीनारायण क्याम्पस विज्ञान तथा प्रविधि अध्ययन संस्थान, भूगर्भशास्त्र विभागअन्तर्गत स्नातक तहमा भूगर्भशास्त्र अध्ययन गर्ने विद्यार्थीहरुको साझा संस्था जिओ सर्कल पिएनसीको आयोजनामा सोमबार उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा ८ वटा भूगर्भ सम्बन्धि अनुसन्धान पत्र प्रस्तुत गरिएको थियो। पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख डा. चन्द्र बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका उपसचिव श्रावण खनालको विशिस्ट आतिथ्य रहेको थियो।

भूगर्भशास्त्र अध्ययन गर्ने विद्यार्थीहरुलाई अनुसन्धानको क्षेत्रमा प्रेरित गर्न काठमाडौं बाहिर पहिलोपल्ट गरिएको कार्यक्रममा नेपाल भौगर्भिक समाजका उपमहासचिव उमेशचन्द्र भुसाल, नेपाल भौगर्भिक विद्यार्थी समाजका अध्यक्ष अनिल रेग्मी, पृथ्वीनारायण क्याम्पस भूगर्भशास्त्र विभागका शिक्षक नवराज सापकोटा, रवि आचार्य, त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय विभागका पूर्वविद्यार्थी आशिष आचार्य, सुनिल लम्साल र पृथ्वीनारायण क्याम्पसमा स्नातक तह चौंथो वर्षमा अध्ययनरत विद्यार्थी सिर्जना पौडेल र अशोक ढकालले विभिन्न विषयमा अनुसन्धान पत्र तथा विद्यार्थीलाई आवश्यक शैक्षिक जानकारी गराएका थिए।

करीब ६ घन्टा चलेको उक्त कार्यक्रममा क्याम्पसका तर्फबाट भूगर्भशास्त्र विभागका संयोजक मिनराज लम्साल, शिक्षक ईश्वर अधिकारी, नेपाल भौगर्भिक विद्यार्थी समाजका अध्यक्ष अनिल रेग्मीले कार्यक्रमका बारेमा विभिन्न धारणा प्रस्तुत गरेका थिए। कार्यक्रममा बोल्दै विशेष अतिथि नेपाल भौगर्भिक समाजका उपमहासचिव उमेशचन्द्र भुसालले यस्ता कार्यक्रमले भूगर्भशास्त्रको क्षेत्रलाई थप चौडा बनाउने र विद्यार्थीलाई भूगर्भको क्षेत्रमा नयाँ उर्जा दिने बताए।

कार्यक्रमका विशिस्ट अतिथि श्रवण खनालले कार्यक्रममा आएर आफूले धेरै उर्जा प्राप्त गरेको र कुनै पनि बेला आवश्यक सहयोग गर्ने बताए। नेपाल भौगर्भिक विद्यार्थी समाजको विशेष सहयोगमा सप्पन्न सो कार्यक्रममा शिशिर पौडेल, स्वस्तिक सुवेदी र रामेश्वर सापकोटा लगायत बोलेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्