पाँच क्यामेरासहितको सोनी ५ प्लस आउँदै, यस्ता छन् विशेषता

sony-5-plus
लोकपाटी न्यूज

काठमाडौं, २२ माघ। सोनीले आउँदो महिना बार्सिलोनामा ५ वटा क्यामेरा भएको सोनी ५ प्लस सार्वजनिक गर्ने भएको छ। मोबाइल वल्र्ड कंग्रेसमा ५ वटा क्यामेरा भएको सोनी ५ प्लस सार्वजनिक गर्ने भएको हो।

सो इभेन्टमा कम्पनीले आफ्नो फ्ल्यागशिप स्मार्टफोन एक्सपेरिया ५ प्लस सार्वजनिक गर्न लागेको हो। यस स्मार्टफोनलाई एक्पेरिया १.१ नाम पनि दिइएको छ। एक जापानी पब्लिकेशनले यो स्मार्टफोनमा डुअल फ्रन्ट स्टेरियो स्पीकर र पाँच ब्याक क्यामरा हुने दाबी गरेको छ।

यस पेण्टा रियर क्यामरा सेटअपको एउटा लेन्स पेरिस्कोप यूनिट हुने बताएको छ। एन्ड्रोएड नेक्सको रिर्पोटअनुसार सोनी एस्सपेरिया ५ प्लस वा एक्सपेरिया १.१ को क्यामरा सेट अपमा एउटा १२ मेगापिक्सलको प्राइमरी क्यामरा सेन्सर हुने छ।

जसको सेन्सर साइज १र१.५ इञ्च हुने छ। यस बाहेक यसमा १र१.७ इञ्च सेन्सर साइज भएको ६४ मेगापिक्सल क्यामरा सेन्सर हुने छ। तेस्रो क्यामरा सेन्सर १२ मेगापिक्सलको अल्ट्रा वाइड एंगल लेन्सको हुनेछ। यसको सेन्सर साइज १र३.४ इञ्चको हुने छ। चौथो क्यामरा २ मेगापिक्सलको टाइम अफ फ्लाइट लेन्स र पाँचौमा ओआइएससँगै आउँदो पेरिस्कोप लेन्स हुने जनाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्