वि.वि. श्रेष्ठ/ तनहुँ, २२ माघ। व्यास नगरपालिका वडा नम्बर ५ चापाघाटमा रहेको कण्टार चापाघाट खानेपानी तथा सरसफाई उपभोक्ता समितीको खानेपानी भवनको शिलान्यास गरिएको छ। व्यास नगरपालिकाका नगरप्रमूख वैकुष्ठनाथ न्यौपानेले एक समारोहकाबीच उक्त भवनको शिलन्यास गरेका हुन्।
व्यास नगरपालिकाको खानेपानी ईकाईको ०७६/०७७ आर्थिक वर्षमा विनियोजन भएको १७ लाख बजेटबाट उक्त भवन शिलन्यास आरम्भ गरिएको हो। २ सय ७६ घरधुरि रहेको उक्त खानेपानी समितीबाट पाँच लाख एकसठी हजार जनश्रमदानबाट काम गरिने समितीका अध्यक्ष वलभद्र खनालले बताए। गण्डकी प्रदेश सरकारबाट समेत खानेपानी योजनाका विस्तृत डिपिआर भईसकेको उक्त खानेपानी आयोजनाका लागि अगामी आर्थिक वर्षका बजेटबाट वहृत खानेपानी टंकी निर्माण गरिने संस्थाका सचिव सन्त कुमार श्रेष्ठले बताए।
खानेपानी जस्तो अत्यन्त मानवीय आवश्यकता बोकेको विषयमा नगरपालिकाले पनि सकेको सहयोग गर्ने कार्यक्रमका प्रमूख अतिथी एवं व्यास नगरपालिकाका प्रमूख वैकुष्ठनाथ मिश्रले बताए। जनताको आधारभुत आवश्यकताको रुपमा रहेको खानेपानी आपूर्तिका लागि स्थानीय तह प्रदेश सरकार र केन्द्रीय सरकार नै लागिपरेको हुदाँ आयोजना सम्पन्न गर्नका लागि आफूले सक्दो सहयोग गर्ने उनले बताए।
बढ्दो मानव वस्तीसँगै खानेपानीको पनि समस्या बढ्दै गएको हुदाँ अबको योजना भनेको दीर्घकालीन सोचका साथ खानेपानीको आपूर्तिका लागि ध्यान दिनुपर्ने वडा नम्बर ५ का वडाध्यक्ष एवं व्यास नगरपालिका प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए। ६० हजार लिटर खानेपानीको टंकीमार्फत् खानेपानीको वितरण गरि रहेको संस्था समयसँगै खानेपानीको अभाव भएको हुदाँ प्रदेश र केन्द्रीय सरकारसँग नै बजेटका लागि पहल गरिरहेको संस्थाका अध्यक्ष वलभद्र खनालले बताए।