पर्फेक्ट मेकअपका लागि १५ टिप्स

makeup
लोकपाटी न्यूज

काठमाडौं। संसारका हरेक मान्छे सुन्दर बन्न वा देखिन चाहन्छन्। आफुलाई तुलनात्मक रुपमा राम्रो एवं आकर्षक देखाउन चाहन्छन्। तर, सुन्दर कसरी हुने ?

मेकअप ठूलो कला हो। मेकअपले त्यसबेला मात्र सौन्दर्यमा निखार ल्याउँछ, जब त्यसको सहि विधी थाहा हुन्छ। सुन्दरतामा मेकअपको भूमिका महत्त्वपूर्ण हुन्छ। सुन्दरता निखार्न मेकअप गरिन्छ।

मेकअप गर्ने तरिका मिलेन भने सुन्दरता निखारिनुको साटो कुरूप हुने सम्भावना पनि उत्तिकै हुन्छ। मेकअप आफैमा एउटा कला हो। मेकअपको सही प्रयोगले साधारण व्यक्ति पनि विशेष देखिन्छन्। अतः हरेक समयमा सुन्दर देखिनका लागि यहाँ मेकअप टिप्स दिइएको छ।

१. मेकअप गर्नुअघि अनुहारलाई मनतातो पानीले धुनुपर्छ, त्यसपछि आयल फ्री मोश्चराइजरले मसाज गरेर मेकअप सुरु गर्नुपर्छ।

२. मेकअप गर्नुअघि आफ्नो स्किनमा ५-१० मिनेटसम्म बरफले रगड्नुपर्छ, त्यसपछि गरेको मेकअप लामो समय टिक्छ।

३. लिपिस्टकको लागि लिप ब्रसको प्रयोग गरौ, यसले लिपस्टिक पुरै ओंठमा समान रुपले अप्लाई हुन्छ र लामो समय टिक्छ।

४. यदि आइब्रोको रौंमा थोरै साइनिङ ल्याउन चाहनुहुन्छ भने आइब्रोमा थोरै कि्रम लगाउनुहोस्।

५. यदि आँखाको तल डार्क सर्कल छ भने लाइट शेडको फाउन्डेशन क्रिम लगाउनुहोस्।

६. यदि ओंठ एकसमान छैन, एउटा पातलो र अर्को मोटो छ भने पातलो ओंठलाई मोटो लुक दिनुपर्छ। यसका लागि पातलो ओंठलाई नेचुरल लिपलाइनरले थोरै माथि आउटलाइन गरेर मोटो ओंठसँग सन्तुलन मिलाउनुपर्छ।

७. अनुहार अनुरुप लिलाइन सानो छ भने लिपलाइन थोरै बाहिर आउटलाइन गर्ने।

८. ठूलो नाख छ भने नाखको तल वा टिपमा डार्क ब्राउन शेडले कन्टोरिंग गर्नुपर्छ।

९. नाखलाई चौडा लुक दिनका लागि चौडा हाइलाइट तल सेन्टरसम्म लगाउने वा ब्लेन्ड गर्ने। यदि नाखलाई पातलो लुक दिने हो भने त्यसको विपरित गर्ने।

१०. लिपस्टिक लगाउनुअघि तल्लो ओंठमा फाउन्डेशन वा न्यूड ग्लास लगाउने, यसले ओंठ सुन्दर देखिन्छ।

११. ओंठको आकार ठूलो देखाउनका लागि ब्राइट कलरको लिपस्टिक लगाउने, त्यसलाई सानो देखाउनका लागि डार्क कलरको लिपस्टिक लगाउने।

१२. आँखा वा ओंठमध्ये एकलाई हाइलाइट गर्ने। यदि आइ मेकअप हेभी गर्दै हुनुहुन्छ भने ओंठलाई न्यूड लुक दिने। केवल लिप ग्लास लगाउनुहोस्।

१३. सुन्दर ग्लो चाहनुहुन्छ भने आफ्नो मोश्चराइजरमा लिक्विड हाइलाइटर वा थोरै गोल्ड शिमर मिलाएर लगाउने।

१४. यदि आँखाका सानो छ भने त्यसको माथिल्लो लिडमा आइलाइनर वा आइ पेन्सिलले आँखाको बाहिरी कर्नरसम्म लगाउने।

१५. मेकअप गर्नुअघि छालालाई मोश्चराइजर र ओंठमा लिप बामले कन्डिसन गर्ने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्