फागुन २३ देखि २६ सम्म घुम्टे युवा परिवार गलकोटको वार्षिकोत्सव

tanahu
लोकपाटी न्यूज

बागलुङ, २२ माघ। खेलकुद कला संस्कृति हाम्रो शान, पर्यटकीयस्थल घुम्टे गलकोटको पहिचान भन्ने मुल नाराका साथ वि.सं. २०४१ सालमा स्थापना भएको सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङको विशेष बैठक सम्पन्न भएको छ। बैठकले आगामी फागुन २३ गतेदेखि २६ गतेसम्म संस्थाको ३५ औं वार्षिकोत्सव तथा परम्परागत होली पूर्णिमा मेला विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित भव्य रुपमा मनाउने निर्णय गरेको छ।

होली पूर्णिमा मेलामा गलकोट नगरपालिका खुल्ला बृहत कृषि मेला प्रदर्शनी, खुल्ला वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता, खुल्ला सामूहिक लोक नृत्य प्रतियोगिता, खुल्ला वडा स्तरिय पुरुष तथा महिला रस्साकसी प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए।  मेलामा यस पटक आकर्षणको रुपमा झुला पिङसमेत सञ्चालन गर्ने तयारी भइरहेको र साथमा विविध सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत हुने अध्यक्ष थापाले बताए।

मेलामा आयोजना गरिएको कृषि मेला प्रदर्शनीमा पुरस्कार जिन्सी र प्रमाण पत्र, पुरुष भलिबलमा पुरस्कार राशी क्रमश प्रथम नगद रु ५५ हजार ५ सय ५५ द्वितिय नगद रु ३३ हजार ३ सय ३३ र सान्तवना २ समूहलाई ११ हजार १ सय ११ प्रदान गरिने उपाध्यक्ष जीवन साहानीले जानकारी दिए।

उपाध्यक्ष साहानीका अनुसार सामूहिक नृत्यको प्रथम पुरस्कार नगद रु १५ हजार द्वितिय पुरस्कार नगद रु १० हजार र तृतिय पुरस्कार नगद रु ७ हजार, रहनेछ त्यस्तै वडा स्तरिय पुरुष रस्साकसीको प्रथम पुरस्कार नगद रु ७ हजार र द्वितिय पुरस्कार नगद रु ३ हजार ५ रहने छ। होली पूर्णिमा मेलामा ज्येष्ठ नागरिक अभिनन्दन, भुपु खेलाडी अभिनन्दन, सफल युवा व्यावसायी सम्मान, विपन्न परिवारलाई राहत वितरण, विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिने कोषाध्यक्ष सन्त भण्डारीले जानकारी दिए।

बैठकमा संस्थाका कार्य समिति पदाधिकारीहरु, सल्लाहकारहरु, आजीवन सदस्यहरु, युवा वर्गको उल्लेख्य उपस्थिती रहेको थियो। मेला अवधिभर राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरु विष्णु खत्री, वसन्त थापा, दुर्गेश थापा, ईश्वर सिंह, राम खत्री लगायतको सांगितिक प्रस्तुति रहने बताइएको छ।

बैठकमा कार्य समितिका पदाधिकारीहरु, युवा समितिका पदाधिकारीहरु, सल्लाहकार समितिका पदाधिकारीहरु, आजीवन सदस्यहरु, शुभेच्छुकहरुको उपस्थिति रहेको थियो। संस्थाले स्थापनाकालदेखि नै स्थानीय स्तरमा सामाजिक जागरणका अभियानका क्रियाकलापहरुमा सकृयतापूर्वक कार्य सम्पादन गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्