काठमाडौं, २२ माघ। नेपाल टेलिकम (एनटीसी) ले आफ्नो १६ औं वार्षिकोत्सवको अवसर पारेर डाटा र भ्वाइस प्याकमा नयाँ अफर सार्वजनिक गरेको छ। सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम ९एनटीसी०ले आफ्नो १६ औं वार्षिकोत्सवको अवसर पारेर डाटा र भ्वाइस प्याकमा नयाँ अफर सार्वजनिक गरेको हो।
जसअनुसार अब नेपाल टेलिकमको डाटा प्याक एक पटक किनेपछि ६ महिनासम्म चलाउन पाइने भएको छ। एनटीसीले ६ महिना (१८) दिनसम्म चलाउन मिल्ने गरी ३ हजार रुपैयाँ ६९ जीबीको डाटा प्याक उपलब्ध गराउने भएको छ। यस्तै, ३ महिना (९०) दिनसम्म चलाउन मिल्ने गरी १ हजार ६ सय रुपैयाँ ३० जीबी डाटा प्याक पनि खरिद गर्न मिल्ने भएको छ।
एनटीसीले विभिन्न दरका रिचार्ज कार्ड किन्दा डाटा भोल्युम बोनस पाउने सुविधा पनि ल्याएको छ। जसअनुसार एनटीसीका प्रयोगकर्ताले २०० रुपैयाको रिचार्ज कार्ड किन्दा २०० एमबी डाटा बोनस पाउनेछन् भने ५ सय रुपैयाँको रिचार्ज कार्ड किन्दा ५०० एमबी नै डाटा प्याक बोनसमा पाउनेछन्।
यस्तै, १००० रुपैयाँको रिचार्ज कार्ड किन्दा १००० एमबी डाटा बोनसमा पाइने भएको छ। रिचार्ज कार्डमा डाटा बोनस प्राप्त गर्ने स्किम भने २२ देखि २४ माघसम्म मात्रै लागू हुने छ । तर, १६ वार्षिकोत्सवका लागि जारी भएका अन्य योजना भने आगामी चैत ३० गतेसम्म लागू हुने छन्।