सांसद थारुको पहलमा बर्दियामा ४५ करोड बजेट

Santa kumar Tharu
लाेकपाटी न्यूज

काठमाडौं। नेकपाका सांसद सन्तराम थारुको पहलमा सरकारले कर्णाली नदी व्यवस्थापनका लागि बजेट थप गरेको छ। कर्णाली नदी व्यवसथापन आयोजनाको बहुवर्षीय ठेक्का प्रक्रियाबाट निर्माण कार्य अगाडि बढाउन ४५ करोड बजेट थप गरेको हो।

माघ ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। बजेट थप भएपछि प्रतिनिधिसभा सदस्य सन्तराम थारुले सामाजिक सञ्जालमार्फत् खुसी व्यक्त गरेका छन्। उनले कर्णाली नदी व्यवस्थापनका लागि इतिहासमा पहिलोपटक बजेट थप भएको उल्लेख गरेका छन्। थारुले थप बजेटका लागि सरकारलाई धन्यवाद पनि दिएका छन्।

यसबाट उनले बर्दियाका टापुका गेरुवा र राजापुर नगरबासीलाई लाभान्वित हुने विश्वास समेत व्यक्त गरेका छन्। अब भौरा टापु पूर्ण सुरक्षित हुने उनले सामाजिक सञ्जालमा लेखेका छन्। कर्णाली नदीको तटीय क्षेत्रमा भइरहेको जथाभावी उत्खननले कर्णाली नदी क्षेत्रमा पर्ने भूभाग असुरक्षित रहँदै आएको थियो।

कर्णाली नदीको उत्खनन रोकेर व्यवस्थापन गर्न स्थानीय स्तरबाट आवाज उठ्दै आएको थियो। सांसद थारुले स्थानीयको माग सम्बोधन गर्न सरकारलाई दवाव दिँदै आएका थिए। नदी, खोला उत्खननलाई व्यवस्थित बनाउन र भइरहेको लापरवाही नियन्त्रण गर्न नागरिक स्तरबाट दबाब आएपछि थारुले बजेटका लागि पहल गरेका हुन्। थारुको पहलपछि सरकारले आवश्यक बजेट बिनियोजन गरिएको स्रोत सुनिश्चितता गरिएको पत्र पठाएको छ।

राजनीतिक रुपमा निकै परिपक्व नेताका रुपमा परिचित थारुले जिल्लाको विकासका लागि लगातार प्रयास गर्दै आएका छन्। थारुकै पहलमा अघिल्लो आर्थिक वर्षमा पनि बर्दियामा उल्लेख्य विकास बजेट परेको थियो। राजनीतिलाई निष्ठा र आदर्श ठान्ने थारुको पहलको स्थानीयले प्रशंसा गरेका छन्।

84191607_184290916263144_1983672315430305792_n

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्