अमेरिकी राष्ट्रपति निर्वाचनः कसको मत कति ?

USA
लोकपाटी न्यूज

एजेन्सी। अमेरिकी राष्ट्रपतिको निर्वाचनमा अमेरिकी डेमोक्र्याटिक पार्टीको आयोवा राज्यमा भएको चुनावी प्रतिस्पर्धामा पूर्व मेयर पिट बुटिगीग र सिनेटर बर्नी स्यान्डर्सले अग्रता लिएका छन्। मंगलबार भएको चुनावको नतिजा कम्प्युटर प्रणालीमा भएको गडबडीका कारण सार्वजनिक गर्न ढिलाई भइरहेको छ।

एघार जना चुनावी मैदानमा रहेको यस प्रतिस्पर्धामा अमेरिकी चुनावी प्रक्रियामा पार्टीका तर्फबाट सर्वाधिक सदस्य बटुल्न सफल व्यक्ति नै राष्ट्रपतिको चुनावका लागि योग्य हुने प्रावधान रहेको छ। पार्टीको चुनावी प्रक्रिया आयोवा राज्यबाट प्रारम्भ भएको हो।

आयोवा राज्यको पार्टी कार्यालयले करिव ७१ प्रतिशत मतगणना हुँदा बुटिगीगले २६.८ प्रतिशत र स्यान्डर्सले २५.२ प्रतिशत मत प्राप्त गरेको जनाएको छ। यस प्रतिस्पर्धामा सिनेटर एलिजाबेथ वारेनले १८.४ प्रतिशत र पूर्व उपराष्ट्रपति जो बाइडेनले १५.४ प्रतिशत मत प्राप्त गरेका छन्। पपुलर मततर्फ स्यान्डर्सले ३२ हजार ६७३ र बुटिगीगले ३१ हजार ३५३ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्