दिल्ली विधानसभामा बहुमततर्फ आम आदमी

bidhansava
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। दिल्ली विधानसभा चुनावको मतगणनाले आम आदमी पाटीले बहुमत ल्याउने संकेत देखाएको छ । सुरुवाती परिणाममा आप स्पष्ट बहुमततर्फ अग्रसर बनेको देखिएको हो । पछिल्लो विधानसभा चुनावमा उसले ६७ सिटमा जित हासिल गरेको थियो । उसलाई अहिले दश भन्दा बढी सिटमा घाटा भएको देखिएको छ ।

आपले गुमाएको सिट भारतीय जनता पार्टी भाजपाले जित्ने सङ्केत देखिएको छ । बिहान साढे ९ बजेसम्मको मतपरिणाम अनुसार आप ५३, भाजपा, १६ र कँग्रेसले १ सिटमा अग्रता बनाएको छ । गत फेब्रुअरी ८ मा दिल्ली विधानसभाको ७० सिटका लागि निर्वाचन भएको थियो । यसपटक ६२.५९ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

दिल्लीमा अहिले पनि आप कै सरकार छ । भाजपाले दिल्लीमा पछिल्लो २२ वर्षदेखि सरकार बनाउन सकेको छैन भने कँग्रेस पनि ७ वर्षदेखि सत्ता बाहिर छ । यसअघि, सबै एक्जिट पोलमा आपले नै सजिलै बहुमत हासिल गर्ने देखिएको थियो । तर, भाजपाले भने त्यसलाई खारेज गर्दै आइरहेको थियो । उसले यो चुनावमा ४८ सिट जित्ने दाबी गरिरहेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्