पाल्हीनन्दनमा घरेलु महासंघ गठन

nawalparasi pic
लोकपाटी न्यूज

रमेश भुसाल/ पश्चिम नवलपरासी, ३ फागुन । घरेलु तथा साना उद्योग महासंघ पश्चिम नवलपरासीले पाल्हीनन्दन गाउँपालिकामा समिति विस्तार गरेको छ। शनिबार भएको उद्यमीहरुको भेलाबाट अम्बृष पटेलको अध्यक्षतामा नौ सदस्यीय गाउँपालिका स्तरीय घरेलु तथा साना उद्योग महासंघको समिति गठन गरेको हो।

जसको वरिष्ठ उपाध्यक्षमा साविर अलि मोमिन, उपाध्यक्षमा महात्तम हरिजन, महासचिवमा विनोद कुमार बानिया, कोषाध्यक्षमा राधेरमण यादव तथा सदस्यहरुमा गंगा कुसुम चमार, सर्वेन्द्र कोंहार, हरिकेश शर्मा, सेन्दुरी शहानी लगायत रहेका छन्। यसैगरी महिला उद्यमी समितिको संयोजकमा पुनम कोंहार, सदस्यमा संगिता देवी तेली रहेका छन्।

जिल्ला प्रतिनिधिमा रामदयाल तेली, रामबहादुर हरिजन, विरेन्द्र चौधरी, रमाशंकर सिंह, राजेन्द्र बानिया छनौट भएका छन्। शनिबार नै नवनिर्वाचित पदाधिकारीहरुलाई प्रदेश उपाध्यक्ष उमानाथ पोखरेलले सपथ ग्रहण गराएका थिए। कार्यक्रममा प्रमूख अतिथिको रुपमा बोल्दै पाल्हीनन्दन गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ताले उद्यमीहरुलाई अगाडि बढाउन गाउँपालिकाले सहयोग गर्ने बताए।

घरेलु महासंघका जिल्ला अध्यक्ष मेघराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका प्रदेश वरिष्ठ उपाध्यक्ष उमानाथ पोखरेलले महासंघ र उद्यमीको हकहितको बारेमा जानकारी गराएका थिए। उक्त अवसरमा वडाध्यक्ष गोधन हरिजन, रामनागिना सिंह, वडा सदस्य रामदयाल गुप्ता, कार्यपालिका सदस्य अनामिका हरिजन, ग्यालेक्सी सीप प्रशिक्षण केन्द्रकी यमकुमारी सुवेदी लगायतले शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्