क्वारेन्टाइनमा राखिएका नेपालीमा कोरोनाको सङ्क्रमण नभएको पुष्टि

Korona_Virus
लोकपाटी न्यूज

काठमाडौं । भक्तपुरको खरिपाटीमा डाक्टरको निगरानीमा राखिएका नेपालीहरुमा कोरोनाको सङ्क्रमण नभएको पुष्टि भएको छ । नमुना परीक्षण गरिएका सबै नेपालीमा कोरोनाको सङ्क्रमण नभएको पाइएको हो ।क्वारेन्टाइनमा एक सय ३५ जना पुरुष र ४० जना महिला गरी एक सय ७५ जना रहेका छन् ।

दिउँसो पत्रकार सम्मेलन गरेर नमुना परीक्षणसम्बन्धी विस्तृत विवरण सार्वजनिक गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानाएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा खरिपाटी आसपासमा जनचेतनामूलक कार्यक्रम गर्नुको साथै चीनबाट ल्याएकाहरुमा कोरोना सङ्क्रमण नभएको बुझाएपछि अवस्था सामान्य हुन थालेको छ । चीनबाट ल्याइएका नेपालीहरुलाई खरिपाटीमा राखिएपछि सुरुमा डराएका स्थानीयमा अहिले त्रास हटेको हो ।

पछिल्लो समय सिन्धुपाल्चोकको गुम्बा डाँडा, हुम्लाको सिमिकोट लगायतका ठाउँमा फैलिएको रुघाखोकीको सङ्क्रमण मौसमी ुफ्लुु भएको डाक्टरहरुले बताएका छन् ।अहिले काठमाण्डौसहित देशका धेरैजसो अस्पतालमा रुघाखोकीका बिरामी बढेका भए पनि कोरोना भाइरसको सङ्क्रमण नभइ मौसमी फ्लुु रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्