महाशिवरात्रीमा पाँच हजार ट्राफिक प्रहरी परिचालन

pashupati_mandir
लोकपाटी न्यूज

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वमा पाँच हजार ट्राफिक प्रहरी परिचालन गर्ने भएको छ । महाशाखाले शिवरात्री पर्वको अवधिभरी भक्तजनहरुलाई सरल एव सहज रुपमा आवागमनको व्यबस्था मिलाउनको लागी पाँच भन्दा बढि ट्राफिक प्रहरी परिचालन गरिएको जनकारी गराएको हो ।

महाशाखाले आवश्यकता अनुसार डाईभर्सन, पशुपति क्षेत्र भित्र सवारी निषेधि समेत गरिने जानकारी दिएको छ । महाशाखाले महाशिवरात्री पर्व केन्द्रित कार्ययोजना सहितको ट्राफिक व्यवस्थापन मिलाएको छ । महाशाखाले पशुपतिनाथ मन्दिरमा आउने भक्तजन एव दर्शनार्थीहरको सवारी आवागमनलाई सरल, सहज तथा व्यबस्थित बनाउनका लागी योजनाबद्ध ट्राफिक व्यवस्थापन गरेको प्रेस विज्ञप्ति मार्फत जानाकारी गराएको हो ।

महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालका अनुसार,“एयरपोर्ट हुदै पशुपति मन्दिर आउने विदेशी पर्यटक, २ पाङ्ग्रे र साना सवारी साधनको लागी तिलगंगा र वाइसिएल मार्ग, नक्साल कालोपुल हुदै आउनेलाई सिफल चौर र अमलकोट, पशुपति बिकास कोष र संस्थानका सवारी साधनकालाई देवउद्यानस्थित कोषको कार्यालय, पासबाहक, सुरक्षा निकाय तथा सरकारी सवारी साधनलाई महानगरीय प्रहरी वृत्त, गौशाला र बाग्मती कोरिडोर, जोरपाटीबाट चावहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङको व्यवस्था मिलाईएको छ ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले “दर्शानार्थीक अत्याधिक चाप हुन गई गौशाला चोक हुदै चल्ने यातायात सेवा प्रभावित हुने देखिएमा यात्रुको सुबिधालाई मध्येनजर गर्दै गौशाला क्षेत्र भइ चल्ने सवारी साधनलाई केहि समयको लागी बैकल्पिक सडकको प्रयोग गर्न डाइभर्सन गरि आवागमनको व्यबस्था मिलाइनेछ।

त्यसैगरि तिलगंगा, गौशाला, मित्रपार्क र चाबहिल भई चल्ने मालबाहक सवारी साधनहरुलाई भने तिनकुने, सिनामंगल, जोरपाटी नारायणटार, चुच्चेपाटी, सुकेधारा, नयाँबानेश्वर लगायतका स्थानहरुबाट गौशाला क्षेत्र प्रबेशमा रोक लगाई बैकल्पिक सडक प्रयोगकोव्यबस्था मिलाइने बताए ।“ उनले एयरपोर्ट जाने, पर्यटक तथा गौशाला क्षेत्र भई चल्ने सवारी साधनहरुको आवागमनमा केहि प्रभाबित हुन सक्ने हुनाले गन्तब्यका लागी समयमै निस्कने, बैकल्पीक सडकको प्रयोग गर्ने र सडकको ताजा अबस्थाको बारेमा थाहा पाउन मेट्रो ट्राफिक एफ.एम. ९५.५ मेगाहर्ज सुन्न समेत सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्