दुई वर्षपछि इम्बोस्ड नम्बर खुला गर्ने तयारीमा

lokpati banner
लोकपाटी न्यूज

काठमाडौँ । यातायात व्यवस्था विभागले दुई वर्षपछि फागुन अन्तिमबाट इम्बोस्ड नम्बरको आवेदन खुला गर्ने भएको छ । विभागले अन्तिम तयारी भएको बताउदै फागुन अन्तिमसम्म अनलाइन आवेदन खुला गरेर काम सुरु गर्ने जानाएको हो । सवारीसाधनको सम्पूर्ण विवरण डिजिटल प्रणालीमार्फत हेर्न मिल्ने गरी दुई वर्षअघि इम्बोस्ड नम्बर प्लेटको वितरण गरिएको थियो ।

२०७४ भदौ ५ गतेबाट औपचारिक रूपमा इम्बोस्ड नम्बर प्लेट वितरण भएको थियो तर सर्वोच्च अदालतले ०७४ फागुन १० गते सवारीसाधनमा तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएपछि वितरण रोकिएको थियो । इम्बोस्ड प्लेटको विरुद्धमा परेको रिट सर्वोच्चले गत मङ्सिर २७ गते खारेज गरेपछि विभागलाई बाटो खुलेको हो ।

विभागले २०७३ को जेठमा पाँच वर्षमा २५ लाख इम्बोस्ड नम्बर वितरण गर्ने गरी चार अर्ब ९५ करोड रुपियाँको सम्झौता बङ्गलादेशको कम्पनी टाइगर डेकाटुरसँग गरेको थियो । सर्वोच्चको आदेशपछि सबै काम रोकिएको थियो । २०७४ भदौ ५ गतेसम्म पाँच हजार इम्बोस्ड नम्बर प्लेट छापिएको थियो । तीन हजार नम्बर प्लेट तयार भए पनि सवारीमा राखिएको छैन । महानिर्देशक हमालका अनुसार पहिला छाप्ने क्रममै रोकिएका बाँकी पाँच सय नम्बर प्लेटको काम सुरु गरिने छ । राजस्व तिरिसकेकालाई नम्बर प्लेट लिन आउन सूचना जारी गरिने जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्