गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय

Bamdev Gautam
लोकपाटी न्यूज

काठमडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टीका उपाध्यक्ष बामदेब गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले उपाध्यक्ष बामदेब गौतमलाई नेपाल कम्युनिष्ट पार्टी नेकपाले राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको बताएका हुन् ।मन्त्रिपरिषद्को सिफारिसमा उनलाई राष्ट्रियसभाको सदस्य बनाउन लागिएको हो । साथै बैठकले हाल चर्चामा रहेको संविधान संशोधनको विषयलार्इ तत्काल अगाडि नबढाउने सहमति गरेको छ।

गौतमलाई मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ । यस्तै शनिबारको सचिवालय बैठकले संविधान संशोधनका लागि गठन गरेको कार्यदलले तत्काल काम अघि नबढाउने भएको छ ।

राष्ट्रिय सभा सदस्यको हैसियत प्रतिनिधि सभा सदस्य बराबर हुने गरी संविधान संशोधन गर्न कार्यदल गठन गर्ने निर्णय शनिबार भए पनि चौतर्फी विरोध भएपछि तत्काल काम अगाडि नबढाउने निर्णय बुधबारको सचिवालयले गरेको हो । कार्यदल बनाएको विषयमा पार्टीभित्र र बाहिरबाट विरोध भएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्