सिनेमा हलमा तापसीको थप्पड, पहिलो दिनको कमाई कति ?

लोकपाटी न्यूज

एजेन्सी। शुक्रबारबाट बलिउड चलचित्र ‘थप्पड’ रिलिज भएको छ। तापसी पन्नु स्टारर यस चलचित्रले निकै राम्रो समीक्षा पाइरहेको छ। चलचित्रको विषयबस्तु र त्यसको प्रस्तुतीलाई दर्शकले रुचाएका छन्।

रिलिजको पहिलो दिन चलचित्रको कमाई भने सन्तोषजनक रहेको छ। चलचित्रले शुक्रबार ३ करोड ७ लाखको व्यापार गरेको छ। सानो बजेटमा बनेको चलचित्रको यो कमाई सन्तोषजनक कमाई हो।

चलचित्रको माउथ पब्लिसिटी राम्रो भएका कारण शनिबार र आइतबार चलचित्रले राम्रो व्यापार गर्न सक्ने धेरैको अनुमान छ। बलिउडमा शनिबार र आइतबारको कमाईले नै चलचित्रको विकेन्ड कति हुन्छ भन्ने कुराको तय गर्नेछ।

श्रीमानको एक थप्पडले गर्दा परिवारमा आएको उत्तारचढाब र त्यसले निम्त्याएको द्वन्द्व नै चलचित्रको विषयबस्तु हो। अनुभव सिंहा निर्देशित चलचित्रमा पभेल गुलाटीको पनि मुख्य भूमिका रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्