प्रशासनले दिँदै आएकाे सवारी पास बन्द

  • 1.2K
    Shares
0

काठमाडौं, २० चैत। जिल्ला प्रशासन कार्यालय काठमाडौंले लकडाउनको समयमा अत्यावश्यक कामका लागि प्रदान गर्दै आएकोे सवारी पास (अनुमति पत्र) वितरण बन्द गरेको छ।

कार्यालयले बिहीबार सूचना जारी गर्दै कार्यालयबाट वितरण हुदै आएको सवारी पास वितरण बन्द गरेको जानकारी दिएको हो। लकडाउनको अबधीमा सवारी पास लिन आउनेको प्रशासनमा दिनहुँ भीडभाड हुने गरेको थियो।

यसअघि जिल्ला प्रशासन कार्यालय चितवनले पनि लकडाउनको समयमा अत्यावश्यक कामका लागि प्रदान गर्दै आएकोे सवारी पासवितरण बन्द गरेको थियो। पास लिन प्रशासनमा दिनहुँ भीडभाड बढ्दै गएपछि प्रशासनले यस्तो निर्णय लिएको हो।

Comments
Loading...
You might also like