चुनावका बेला गरेकाे बाचा संकटका बेला नभुलाैं : सांसद अधिकारी

लोकपाटी न्यूज
0 Shares

काठमाडौं, २० चैत। गोरखा क्षेत्र नम्बर १ का सांसद तथा नेकपाका केन्द्रीय सदस्य हरिराज अधिकारीले दार्चुलाको सीमा नाकामा अलपत्र परेका नागरिकलाई नेपालभित्र ल्याउन आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा बिहीबार स्टाट्स लेख्दै सांसद अधिकारीले जतिसक्दो छिटो नेपाल सरकारको योजनामा ती नेपालीहरूलाई देश भित्र ल्याउन आग्रह गरेका हुन्।

चीनबाट नेपाल विद्यार्थी ल्याए जसरी वारी नेपाल ल्याएर सोझै १४ वा २१ दिन क्वारेन्टाइनमा राख्न सुझाव दिएका छन्। सांसद अधिकारीले स्टाटस लेखेका छन्, ‘हामीलाई भोट दिएर पारी तरेकाहरूको मनले के भनेको होला। अझ हिजो १ जनाले मरे पनि पारी गएर मर्छु भन्दै महाकालिमा हामफालेर नेपाल उत्रिनासाथ पुलिसले समातेछ। यस्तो गलत काम किन हुन्छ। मलाई त लाग्छ। कम्युनिष्ट सरकारलाई बदनाम गराउन त यसो गरिदै छैन।’

नेता अधिकारीले नेपालीहरू खोजी खोजी ल्याउनु पर्ने बेला आफै बोर्डरमा आएकाहरूलाई भित्र पस्न नदिने यस्तो पनि सरकारको काम हुन्छ भन्दै प्रश्न गरेका छन्। आफूले भोट हालेर बनेको सरकार देशमा छ भन्दै घरबार चलाउन भारत गएका नेपालीहरू कोरनाको कारण घर फर्कनेको लर्काे बोर्डरमा थुप्रिएको बताएका छन्। सांसद अधिकारीले लेखेका छन्,‘देश लकडाउनमा छ, नेपाल छिर्न पाइदैन भन्छरे प्रशासन। सरकार यो गलत काम हो।’

g