सभासद कृष्णा ‘नमूना’ को पहलमा स्थापित ‘कोभिड-१९ राहत कोष’बाट राहत बितरण सुरु

  • 35
    Shares
0

काठमाडौं, २० चैत। प्रदेश सभासद कृष्णा केसि ‘नमूना’को पहलमा स्थापन भएको ‘कोभिड(१९ राहत कोष’ बाट राहत बितरणको कार्य सुरु भएको छ। सभासद नमूनाको पहलमा सुरुवात भएको राहत कोषले बिहीबार बाँकेको बैजनाथ गाउँपालिकामा राहत सहयोग गरेको छ।

पूर्व राज्यमन्त्री दलबहादुर सुनार समेतको उपस्थितिमा कोषले गाउँपालिकालाई राहत सामाग्री (खाद्यान्न ) हस्तान्तरण गरेको हो। बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाललाई कोषका तर्फबाट संजय थापाले उक्त अत्यावश्यक खाद्यान्न लगायतका सामाग्री हस्तान्तरण गरेका थिए।

कोषले बैजनाथ गाउँपालिका अन्तरर्गतका अति बिपन्न ज्याला मजदुरी गरेर जिवन निर्वाह गर्ने समुदायको लागि भनेर १ हजार केजि चामल, २ सय केजि दाल , १ सय लिटर खाने तेल, १ सय केजि नुन, १३५ गोटा नुहाउने साबुन गरेर ८६ हजार ५ सय ३० रुपैयाँ बराबरको अत्यावश्यक सामाग्री हस्तान्तरण गरेको छ।

सभासद नमूनाले कोरोना भाइरसको महामारीबाट बच्न सरकारले आव्हान गरेको लकडाउनको अवस्थामा अति बिपन्न र दिनभर ज्याला मजदुरी गरेर साझ हातमुख जोड्ने समुदायको र मानिसको लागि लकडाउन अभिसाप नबनोस् भनेर त्यस्ता व्यक्ति तथा परिवारलाई सहयोग पु¥याउनको निम्ति स्थापना भएको कोषमा उठेको सहयोगले बाँकेका स्थानीय तहमा राहत बितरणको कार्य सुरु गरेको थियो।

उता पूर्वराज्य मन्त्री दलबहादुर सुनारले यस्तो मानवीय कार्यले निमुखा जनता लकडाउनको परिस्थितिमा भोकै बस्नुपर्ने अवस्थाबाट राहत मिलेको बताए।

Comments
Loading...
You might also like