लोकसेवा आयोगद्वारा स्थगित परीक्षा लिने तयारी

  • 46
    Shares
0

काठमाडौंं, २० जेठ । स्थगित गरेको लोक सेवा आयोगले पुनः परीक्षा लिने प्रक्रिया थालेको छ। कोरोना संक्रमण जोखिमका कारण स्थगित गरेको लोक सेवा आयोगले पूर्वनिर्धारित परीक्षा कार्यक्रमहरू पुनः परीक्षा लिने प्रक्रिया सुरु गरेको हो।

आयोगको सोमबार बसेको बैठकले सहसचिव वा सो सरहको अन्तरवार्ताको तालिका सार्वजनिक गरेको छ। सहसचिवको अन्तरवार्ताबाहेकका परीक्षाहरु भने यसअघि नै सम्पन्न भइसकेको थियो। प्रशासन सेवाको आन्तरिक प्रतिस्पर्धातर्फ असार २ गतेदेखि १२ गतेसम्म अन्तरवार्ता हुने छ। यसैगरी नेपाल लेखापरीक्षणतर्फ आन्तरिक प्रतिस्पर्धातर्फको अन्तरवार्ता असार १४ गते निर्धारण गरिएको छ।

नेपाल प्रशासन सेवातर्फ खुला तथा समावेशीको द्वितीय चरणको मामिला प्रस्तुतीकरण कार्यक्रम असार १५, १६ र १७ गते हुने छ। यस्तै अन्तरवार्ता कार्यक्रम भने असार १८ देखि २६ गते निर्धारण गरिएको लोक सेवा आयोगका सूचना अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिए। असार २८ गते भने आन्तरिक प्रतिस्पर्धातर्फ इञ्जिनियरिङ सेवा सिभिल, जनरलको अन्तरवार्ता कार्यक्रम राखिएको छ। यसअघि लोक सेवा आयोगले कुनै पनि चरणको परीक्षा भएकालाई रद्द नगर्ने निर्णय गरेको थियो।

Comments
Loading...
You might also like