थप ४५ जना कोरोना संक्रमण मुक्त, निको हुनेको संख्या २ सय ६६ पुग्यो

  • 28
    Shares
0

काठमाडौं, २० जेठ, देशभरबाट थप ४५ जनाले कोरोना भाइरस (कोभिड-१९) लाई जितेर डिस्चार्ज भएका छन्। देशका विभिन्न अस्पतालमा उपचारपछि कोरोना भाइरस संक्रमणलाई जितेर थप ४५ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए।

उनका अनुसार शिक्षण अस्पतालबाट मकवानपुरका ५४ वर्षीया महिला, गुल्मी अस्पतालबाट ३१ वर्षीय पुरुष र भीम अस्पतालबाट २५ जना डिस्चार्ज भएका छन् । भीम अस्पतालबाट डिस्चार्ज हुनेमा रुपन्देहीका १६ जना ५ देखि ५० वर्षसम्मका रहेका छन्, जसमा ४ जना महिला रहेका छन् । कपिलवस्तुका ९ जना १९ देखि ३६ वर्ष उमेरका पुरुषहरू पनि डिस्चार्ज भएका छन्।

त्यसैगरी, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ जना निको भएर डिस्चार्ज भएका छन् । बीपीबाट डिस्चार्ज हुने सुनसरीकी ५१ वर्षीया महिला र झापाका १७ जना पुरुष १७ वर्षदेखि ५२ वर्ष उमेरका रहेको प्रवक्ता डा देवकोटाले जानकारी दिए। प्रदेशिक विवरणअनुसार प्रदेश १ बाट ४८, प्रदेश २ बाट १०४, बागमतीबाट ३०, गण्डकी प्रदेशबाट ३, प्रदेश ५ बाट ७४ जना र सुदूरपश्चिमबाट ७ जना डिस्चार्ज भएका छन् । योसँगै कुल २ सय ६६ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन्। जसमध्ये २ सय १२ जना पुरुष र ५४ जना महिला रहेका छन्।

Comments
Loading...
You might also like