कोरोना संक्रमण भएका डाक्टरको चार महिनापछि मृत्यु

  • 67
    Shares
0

काठमाडौं,२० जेठ, चीनको वुहानमा कोरोना भाइरस ९कोभिड–१९० को कारण एक डाक्टरको मृत्यु भएको छ। कोरोना भाइरसको संक्रमण देखिएपछि उपचार गराइरहेका उनको मंगलबार मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन्।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार वुहान सेन्ट्रल हस्पिटलका डाक्टर हु वेइफेङको मंगलबार मृत्यु भएको हो। कोरोना भाइरसको कारण उनको कलेजोको काम गर्न छाडेको थियो। कलेजोले काम गर्न छाडेसँगै उनको अनुहार कालो हुँदै गएको थियो। उनी कोरोना भाइरसको कारण मर्ने वुहान सेन्ट्रल हस्पिटलका छैठौं कर्मचारी हुन्।

हु ले गत जनवरीमा कोरोना भाइरसको संक्रमण देखिएपछि उपचार गराउँदै आएका थिए। उनको अवस्था भने अस्थिर देखिँदै आएको थियो। फेब्रुअरी ९ सम्म मा वुहान सेन्ट्रल हस्पिटलका ६८ जना मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। साथै २६६ स्वास्थ्यकर्मीलाई निगरानीमा राखिएको थियो

Comments
Loading...
You might also like