बल ओलीकाे काेर्टमा : प्रधानमन्त्री नछाेड्दा अध्यक्ष पद पनि गुम्नेछ

kp sharma oli

काठमाडौं, असार १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पद छाड्न दबाव दिँदै आएका छन्। दबाब दिँदै आएको भएपनि आज प्रचण्ड निवासमा बसिरहेको बैठकले ओलीले सहजै प्रधानमन्त्रीबाट हटे उनको पार्टीको पदभने जोगाउन सकिने निणर्य गरेको छ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको पदबाट हटाउने राजनीतिक छलफल निर्णायक मोडमा पुगेको हो। स्रोतका अनुसार खुमलटार बैठकमा ओलीले एक पद छाडे अर्काे पद रहनेगरि ओलीसमूहले मध्यमार्गी सुझाव दिएको दिएको छ।

दुईवटै पद छाड्दा दुर्घटना हुन सक्ने भन्दै एक पदको जिम्मेवारी ओलीलाई थमाउँदै प्रधानमन्त्रीबाट भने फिर्ता बोलाउने निणर्यमा जोड दिइएको हो। प्रचण्ड पक्षले भने उक्त सुझावबारे छलफल जारी राखेका छन्।

यता, ओलीले आफूलाई हटाउने तयारी तीव्र भएको थाहापाएपछि बालुवाटारमै भेटघाट बाक्लो बनाएका छन्। उनले निकटस्थ र असन्तुष्टलाई डाकेर छलफलमा जोड दिएका छन्। उनले कुनै हालतमा प्रधानमन्त्रीबाट राजीनामा नदिने अडान लिँदै आएका छन्।