राष्ट्र बैंकका सञ्चालक खनालको विदाई आज

Nepal-Rastra-Bank
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल राष्ट्र बैंक सञ्चालक समितिमा आज एक सदस्य पद रिक्त हुने भएको छ। अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै राष्ट्र बैंकको सञ्चालक समिति सदस्य बनेका अर्थ सचिव डा.राजन खनालले आजबाट अवकाश पाउने भएपछि एक सञ्चालक समिति सदस्यको पद रिक्त हुन लागेको हो।

राष्ट्र बैंक सञ्चालक समितिको अध्यक्ष गभर्नर हुन्छन् अर्थ सचिव राष्ट्र बैंकको सञ्चालक समिति सदस्य रहने व्यवस्था छ। अनिवार्य अवकाश पाएर खनाल आगामी २२ गते सरकारी सेवाबाट बिदा हुनेछन्।

अवकाश पाउन २ दिन बाँकी नै रहे पनि राष्ट्र बैंकले भने सोमबार उनको बिदाईको तयारी गरेको छ। सोमबार बस्ने सञ्चालक समिति बैठकले खनालको बिदाइ गर्न लागेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्