काठमाडौं। मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहले स्वास्थ्य लाभको कामना गरेका छन्।
शाहको शुभकामना सन्देश लिएर उनका पूर्वप्रमुख सचिव पशुपतिभक्त महर्जन ओली उपचारार्थ भर्ना भएको शिक्षण अस्पताल पुगेका थिए। शाहले ओलीको सफल मिर्गौला प्रत्यारोपणसहित शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
फागुन २१ मा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री ओली फागुन १९ मा महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन्।