सहसचिवको सरुवा: को कहाँ पुगे ?

ministry
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। सरकारले सहसचिवमा बढुवा भएका ३७ जनाको विभिन्न मन्त्रालय र निकायमा पदस्थापन गरेको छ। पाँच जना सहसचिवको सरुवा गरेको छ। सरकारले ४२ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

अर्थ मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरेलाई प्रदेश २ को सामाजिक विकास मन्त्रालयमा पठाइएको छ। त्यस्तै, प्रदेश २ का सामाजिक विकास मन्त्रालयका भरतमणि सुवेदीलाई प्रदेश ५ को मुख्यमन्त्री कार्यालयमा सरुवा गरी लगिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेललाई विराटनगर महानगरमा सारिएको छ। राष्ट्रिय महिला आयोगका दीपेन्द्र काफ्लेलाई र पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत बद्रीप्रसाद अधिकारीलाई गृह मन्त्रालयमा सरुवा गरिएको जानकारी छ।

बढुवा भएकामध्ये सुरेशप्रसाद नेपाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदस्थापन गरिएको छ। भेषबहादुर कार्कीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पदस्थापन गरिएको छ। बैकुण्ठनिधि शर्मालाई जितपुर सिमरा उपमहानगरमा पदस्थापन गरिएको छ। ध्रुवकुमार पोखरेललाई पोखरा महानगरमा र भीमसेन तिमिल्सिनालाई थारू आयोगमा पदस्थापन गरिएको छ। शान्ता अधिकारीलाई राष्ट्रिय महिला आयोगमा पदस्थापन गरिएको छ। त्यस्तै ध्रुव गैडालाई प्रदेश २ को प्रदेश प्रमुखको कार्यालयमामा पदस्थापन गरिएको छ भने कैलाशराज पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदस्थापन गरिएको छ।

त्यस्तैगरी बढुवा भएकामध्ये कृष्णप्रसाद पराजुलीलाई प्रधानमन्त्री कार्यालयमा पदस्थापन गरिएको छ। शैलजा रेग्मीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पदस्थापन गरिएको छ। सरोजप्रसाद गुरागाईंलाई गृह मन्त्रालयमा पदस्थापन गरिएको छ। बाबुराजा श्रेष्ठलाई नेपाल ट्रस्टको कार्यालयमा पदस्थापन गरिएको छ। राजीव पोखरेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पदस्थापन गरिएको छ। शिवादेवी दाहाल र शम्भु मरासिनीलाई अर्थ मन्त्रालयमा पदस्थापन गरिएको छ।

गृह मन्त्रालयमा पदस्थापन हुनेमा दीपकराज नेपाल, पुण्यविक्रम पौडेल, केशवप्रसाद बिमली, ज्ञानप्रसाद ढकाल, शंकरहरी आचार्य, वासुदेव दाहाल, योगेन्द्रप्रसाद पाण्डे, हरिप्रसाद घिमिरे, दीपककुमार पहाडी, कोशहरि निरौला, अर्जुनकुमार शर्मा, हिरालाल रेग्मी रहेका छन्। यसैगरी ख्यामबहादुर थापालाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा, शंकर नेपाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, विदुरप्रसाद खनाललाई धरान उपमहानगरमा पदस्थापन गरिएको छ।

नरनाथ गिरीलाई इटहरी उपमहानरमा, कृष्णबहादुर बोहोरालाई धनगढी उपमहानगरमा, कृष्णप्रसाद लम्साललाई लोकसेवा आयोगमा, ओमबहादुर खड्कालाई नेपालगञ्ज उपमहानगरमा, प्रदीपराज अधिकारीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, भूमिराज शर्मालाई वीरगञ्ज महानगरपालिकामा, कविराज पौडेललाई हेटौंडा उपमहानगरमा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्