सुर्खेत, १८ चैत्र। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वीरेन्द्रनगर नगर कमिटीले दैनिक ज्यालादारी गरी दैनिक गुजारा चलाउने मजदूरहरुका लागि तत्काल राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ।
नेकपा वीरेन्द्रनगर नगर कमिटीका अध्यक्ष गंगाराम तिमिल्सिना र सचिव गणेशबहादुर ओलीद्वारा जारी प्रेस विज्ञप्तिमा नगरबासीलाई उच्च सतर्कता अपनाउन अपील गर्दै समस्या परेका नागरिकलाई राहत र सहयोगका लागि स्वयंसेवामा खटिनसमेत नेकपाका नेता–कार्यकर्तालाई आग्रह गरेको छ।
विज्ञप्तिमा विदेशबाट आएका नागरिकलाई कम्तिमा १४ दिन स्वेच्छिक रुपमा क्वारेन्टाइनमा बसिदिन पनि आग्रह गरिएको छ। नेकपाले कोरोनाको सम्भावित जोखिमबाट बच्न विज्ञहरुको सुझाएको सुरक्षा सतर्कता अपनाउन पनि नगरबासीमा आग्रह गरेको छ।