उपभोग्य वस्तुको ढुवानी सहज बनाउने सरकारको निर्णय

  • 41
    Shares
0

काठमाडौं, २१ चैत। सरकारले अत्यावश्यक वस्तु आपूर्तिमा ढुवानी व्यवस्थापन सहज बनाउने भएको छ । यातायात तथा मानिसको आवतजावतमा रोक लगाएको १० दिनेपछि सरकारले खाद्य सामग्री, इन्धनलगायत दैनिक उपभोग्य वस्तुको ढुवानीलाई सहज बनाउने निर्णय गरेको हो।

कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको समन्वय समिति बैठकले नियमित आपूर्ति भइरहेका दैनिक उपभोग्य वस्तुका साथै मुलुकभित्रै हुनसक्ने उत्पादनका विषयमा समेत छलफल गरेको छ।

अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले अत्यावश्यक खाद्य सामग्री, इन्धन आपूर्तिमा ढुवानी व्यवस्थापन सहज बनाइने बताए। प्रवक्ता डा।खतिवडाले स्वास्थ्यका मापदण्ड पुरा गरेर आवासीय रुपमा अत्यावश्यक उद्योग तथा ठूला आयोजना सञ्चालन गर्न दिइने बताए।

उनले भने, ‘अतिआवश्यक वस्तु उत्पादन गर्ने उद्योगलाई कामदारलाई भित्रै व्यवस्थापन गर्ने गरी सञ्चालन गर्न दिइने छ ।’ उनका अनुसार, आवासीय रुपमा मजदुर परिचालन गरी अन्य उद्योगलाई पनि सञ्चालन गर्न दिइने छ। त्यस्ता उद्योगले आवागमनलाई बाहिरै रोकेर स्वास्थ्य सुरक्षासहित सञ्चालन गर्न सक्नेछन्।

Comments
Loading...
You might also like