सांसद श्रेष्ठद्धारा स्वास्थ्य सामग्री बितरण

  • 46
    Shares
0

वि.वि. श्रेष्ठ/ तनहुँ, २१ चैत। प्रतिनिधि सभाका सदस्य एवं तनहँ क्षेत्र नंम्बर एक का सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले कोरोना प्रभावित अवस्थालाई मध्यनजर गरेर आफनो गृह जिल्ला तनहुँको स्थानीय तह लगायत सम्वन्धित निकायलाई स्वास्थ्य समाग्री वितरण गरेका छन्। देश नै लकडाउन भएको सन्दर्भमा स्वास्थ्यकर्मीहरु स्वास्थ्य सामग्रीको अभावमा जनतामा पर्न जाने असरलार्ई मध्यनजर गरेर जनताप्रतिको आफनो उत्तरदायित्व अन्र्तगत स्वास्थ सामग्री वितरण गरेकोे बताए।

सांसद श्रेष्ठले देवघाट, बन्दिपुर र आँबुखैरेनि गाँउपालिकामा १५/१५ सय थान मेडिकल मास्क र ५/५ थान पिपिई, त्यसैगरि भानु नगरपालिकामा २ हजार थान मेडिकल मास्क र १० थान पिपिई र व्यास नगरपालिकामा २ हजार मेडिकल मास्क र १३ थान पिपिई बितरण गरे।

यसैगरि उनले ईलाका प्रहरी कार्यालय आबुखैरेनीलाई दुईसय पचास थान मास्क, ईलाका प्रहरी कार्यलय डुम्रैलाई २५० थान मास्क, एक थान पिपिई र २ लिटर सेनिटाईजर, मनकामना सशस्त्र प्रहरी गण भानुलाई ५ थान मास्क र ४ लिटर सेनिटाईजर वितरण गरेका थिए।

यसैगरि सांसद श्रेष्टले दमौली अस्पताललाई १ हजार थान मास्क र १० थान पिपिई, जिल्ला प्रहरी कार्यलय तनहुँलाई सात सय पचास थान मास्क र २ लिटर सेनिटाईजर, जिल्ला ट्राफिक प्रहरी कार्यलयलाई २ सय ५० थान मास्क, जिल्ला प्रशासन कार्यालयलाई २५० थान मास्क, जिल्ला कारागारलाई २५० थान मास्क र १ लिटर सेनिटाईटर, नेपाल पत्रकार महासंघ तनहुँ शाखालाई २ सय ५० थान मास्क र थप १५ थान एन-९५ मास्क उपलव्ध गराएका थिए।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नै आम जनताहरु महाविपक्तिमा परेको बेलामा आफनो जिल्ला र निर्वाचन क्षेत्रका जनताको स्वास्थ्य स्थितीलाई ख्याल राखेर व्यक्तिगत रुपमा नै स्वास्थ्य समाग्री वितरण गरिएको सासंद श्रेष्ले बताए। सो अवसरमा सांसद श्रेष्ठले जिल्लामा नै भेन्टिलिटरसहितको आईसियु सेवाका लागि पहल गर्ने पनि बताए।

Comments
Loading...
You might also like