अभिनेता पल शाहद्धार ५ लाख सहयोगको घोषणा

  • 7.8K
    Shares
0

काठमाडौं, २१ चैत। अभिनेता पल शाहले ५ लाख सहयोग गर्ने घोषणा गरेका छन। उनले चलचित्र प्राविधिक तथा अन्य चलचित्र निमार्णमा सहयोगीहरुको जनजिवन सहज बनाउनका लागी उत्त सहयोग घोषणा गरेका हुन।
विश्वव्यापी महामारीको रुपमा फैएिको कोरोना भाइरसले आम मानिस झै चलचित्र क्षेत्र पनि प्रभावित भएको छ। चलचित्र क्षेत्रमा यसको सर्वाधिक मार चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरूलाई परेको उनको बुझाइ छ।

शुक्रबार समाजिक सञ्जालमा फेसबुकमा लेख्दै उनले उत्त सहयोगको घोषणा गरेका हुन । ‘नेपाली चलचित्र क्षेत्र पनि कोरोनाको मारमा परेको सर्वविधित नै छ र यस्को पिडा चलचित्र प्राविधिक तथा अन्य व्यक्तिहरूमा पनि परिरहेको छ। विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरूको जनजिवनलाई सहज बनाउनको लागि मैले आर्थिक सहयोग गर्ने घोषणा गर्दछु,’ उनले लेखेको छन, ‘मैले व्यक्तिगत तर्फबाट पहिलो चरणमा नगद पाँच लाख रूपैया सहयोग गर्ने घोषणा गर्दछु। आर्थिक अवस्था कमजोर हुनुभएका चलचित्र क्षेत्रमा सक्रिय तपाईहरू सबैको साथमा म सधै हुनेछु।’

यस्तो छ उनको फेसबुक स्टाटसः

बिश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाईरस (covid-19)को प्रभावले आम मानिसको जनजिवन प्रभावित भइरहेको छ। नेपाली चलचित्र क्षेत्र पनि यसको मारमा परेको सर्वविधित नै छ र यस्को पिडा चलचित्र प्राविधिक तथा अन्य व्यक्तिहरूमा पनि परिरहेको छ। विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरूको जनजिवनलाई सहज बनाउनको लागि मैले आर्थिक सहयोग गर्ने घोषणा गर्दछु । मेरो यो सहयोग वितरण कार्यमा चलचित्र प्रविधिक संघ नेपाल(NEFTA)ले सहजिकरण गर्ने आशा गरेको छु।मैले व्यक्तिगत तर्फबाट पहिलो चरणमा नगद रू ५,००,००० (पाँच लाख) रूपैया सहयोग गर्ने घोषणा गर्दछु।आर्थिक अवस्था कमजोर हुनुभएका चलचित्र क्षेत्रमा सक्रिय तपाईहरू सबैको साथमा म सधै हुनेछु ।

Comments
Loading...
You might also like