तिला गाउँपालिकाद्वारा जनप्रतिनिधि र कर्मचारीको तलब विपद कोषमा जम्मा गर्ने निर्णय

  • 56
    Shares
0

उपेन्द्र न्यौपाने/ सिञ्जा, २१ चैत। जुम्लाको तिला गाउँपालिकाले जनप्रतिनिधिको मासिक भत्ता र शिक्षक कर्मचारीको एक महिनाको तलब विपद कोषमा जम्मा गर्ने भएको छ। शुक्रबार बसेको गाउँकार्यपालिकाको बैठकले जनप्रतिनिधिको एक महिनाको भत्ता र शिक्षक, कर्मचारीको एक महिनाको तलब विपद कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

बैठकले गाउँपालिकाभरि रहेका बिपन्न तथा असाहय नागरिकको पहिचान गरेर राहत उपलब्ध गराउने निर्णय गरेको प्रवत्ता सन्तविर रावतले जानकारी दिए। रावतका अनुसार अनुसार गाउँपालिकाले मास्क, सेनिटाइजर लगायतको औषधि खरिद गरेर ल्याइसकेको छ।

प्रत्येक वडाका अध्यक्षलाई गाउँ बस्तीसम्म लैजानको लागि औषधि तथा मास्क हस्तान्तरण गरि सकिएको उनले बताए। तिला गाउँपालिकाले बिरामीलाई अस्पतालसम्म लैजानको लागि सवारी व्यवस्थापन समेत गरेको छ। भारत तथा खाडीमुलुकबाट आउनेहरुका लागि अनिवार्य निगरानी केन्द्रमा राख्ने गरी विभिन्न ४ स्थानमा गरेर ५३ वटा निगरानी केन्द्र स्थापना गरेको छ। गाउँ गाउँमा मास्क र साबुन पुर्‍याइसकेको छ।

Comments
Loading...
You might also like