चौतारा नगरपालिकामा तीन वर्षदेखि निःशुल्क आँखा जाँच

  • 91
    Shares
0

सिन्धुपाल्चोक, २१ चैत। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले निःशुल्क रुपमा आँखा जाँच गर्दै आएको छ। नगरले बजेटनै छुट्टाएर विगत तीन वर्षदेखि यो कार्यक्रम निरन्तरत सञ्चालन गर्दै आएको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमूख अमानसिंह तामाङले बताए।

जिल्ला सामुदायिक आँखा केन्द्र सिन्धुपाल्चोकसँग नगरपालिकाले सहकार्य गरेर सुरु गरेको आँखा जाँच र चश्मा वितरण कार्यक्रम नगरभित्रका स्कूले बालबालिकाका लागि निकै प्रभावकारी भएको छ। केन्द्रले हाल नगरभित्रका विद्यालयमा बेला–बेलामा आँखा शिविर सञ्चालन गर्दै आएको छ।

हालसम्म आँखामा समस्या देखिएका ५ सय ५७ जना विद्यार्थीलाई जिल्ला सामुदायिक आँखा केन्द्रले निःशुल्क चश्मा प्रदान गरेको केन्द्रका प्रमूख कृजन सुवालले बताए। बालबालिकाको आँखा जाँचपछि समस्या देखिए सामुदायिक आँखा केन्द्रले निःशुल्क औषधि, चश्मा बितरण र शल्यक्रिया समेत गर्ने गरेको छ। आँखामा समस्या हुँदा टाउको दुख्ने, शिक्षकले वोर्डमा लेखेको नदेख्ने र सँगै बसेको साथीको सार्नुपर्ने बालबालिकाको बाध्यतामा धेरै हदसम्म सहजता आएको छ।

Comments
Loading...
You might also like