रोटरी क्लब तिनाउद्वारा प्रदेश कोरोना राहत कोषमा आर्थिक सहयोग

  • 121
    Shares
0

अस्मिना पाण्डे/ बुटवल, २१ चैत। विश्व कोरोना भाइरसको चपेटामा छ। कोरोनाबाट बच्न र राहतका लागि स्थानीय तहदेखि नै विभिन्न कोषहरु स्थापना भैरहेको छ।

प्रदेश ५ मा पनि प्रदेश सरकारले राहत कोष स्थापना गरेको छ। यसैबीच बुटवलमा रहेको रोटरी क्लब अफ तिनाउ बुटवलले कोरोना भाइरस नियन्त्रण तथा उपचारको लागि प्रदेश ५ सरकारलाई सहयोग रकम हस्तान्तरण गरेको छ। कोरोना भाइरस नियन्त्रण तथा उपचारको लागि प्रदेश ५ सरकारलाई सहयोग रकम हस्तान्तरण गरेको हो । प्रदेश ५ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचारको लागि स्थापना गरेको कोषमा क्लबले ६० हजार रुपैंयाँ सहयोग गरेको हो।

क्लबका सदस्यहरुबाट संकलन गरिएको उक्त रकम क्लबका अध्यक्ष भगवती पाण्डे र सचिव अमृता भुसालले प्रदेश ५ का मूख्यमन्त्री शंकर पोखरेललाई शुक्रबार हस्तान्तरण गरेका थिए। क्लबले प्रदान गरेको चेक ग्रहण गर्दै मूख्यमन्त्री पोखरेलले व्यवसायीक तथा सामाजिक संघ संस्था समाज र सरकारलाई जोड्ने अभिन्न अंग रहेकोले विपद्को समयमा सरकार र समाजलाई सहयोग गर्नु कर्तव्य भएको बताए।

मूख्यमन्त्री पोखरेललाई क्लबका अध्यक्ष भगवती पाण्डेले रोटरी क्लब अफ तिनाउ बुटवल नेपालका रोटरी क्लबहरुको बिचमा एकमात्र सतप्रतिशत महिलामात्र सदस्य रहेको क्लब भएको समेत जानकारी गराएकी थिइन्। क्लबले यश क्षेत्रमा विभिन्न सामाजिक काम गर्दै आएको छ।

Comments
Loading...
You might also like