अस्गर अलीलाई हटाउने प्रधानमन्त्रीकाे तयारी

  • 675
    Shares
0

काठमाडौं, २१ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सूचना विज्ञ अस्गर अलीलाई बर्खास्त गर्ने तयारी गरेका छन्। अलीले प्रधानमन्त्री ओलीको सूचना प्रबिधि सल्लाहकारको रुपमा काम गर्दै आएका छन्।

अलि पटक-पकट विवादमा मुछिने गरेपछि प्रधानमन्त्री ओलीले यो पटक निर्मम समिक्षा गर्दै उनलाई आफ्नो सूचना विज्ञबाट बर्खास्त गर्ने तयारी गरेको स्रोतको दाबी छ। अलीको लगानी रहेको सिरान टेक्नोलोजीमाथि काठमाडौं प्रेस डटकम नामक न्यूज पोर्टल ह्याक गरेको र आफूविद्धको समाचार सामग्री हटाईदिएको आरोप लागेको थियो।

यो प्रकरणमा अलीको समेत नाम मुछिएपछि उनलाई बर्खास्त गर्न प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले समेत माग गरेका थिए। कोइरालाले अलीलाई प्रधानमन्त्रीको विज्ञबाट तत्काल बर्खास्त गर्नुपर्ने र सिरान टेक्नोलोजीलाई कारवाही गर्न समेत माग गरेका छन्।

Comments
Loading...
You might also like