प्रदर्शनकारीका अगाडि घुँडा टेके अमेरिकी प्रहरीले

  • 131
    Shares
0

एजेन्सी, २१ जेठ। अमेरिकाका भड्किएको हिंत्सात्मक प्रदर्शनमा प्रहरीले अन्ततः घुँडा टेकेको छ। अमेरिकी प्रहरीले अमेरिकाको मिनियापोलिस राज्यमा एक अश्वेत नागरिकलाई गाडीबाट निकालेर घाँटी थिचेर ज्यान लिएको घटनापश्चात् यो घटना थियो गत मे महिनाको १५ तारिखको।

यो घटनापछि अमेरिकामा प्रहरीले ज्यादती गरेको भन्दै विरोध प्रदर्शन भइरहेको छ। गत शुक्रबार प्रदर्शनकारीले ह्वाइटहाउस समेत घेरेका थिए। ह्वाइटहाउस अगाडि प्रदर्शनकारीको भीड दखेपछि राष्ट्रपति ट्रम्पसमेत चकित परेको बताइएको थियो। शुक्रबार राति नै सुरक्षा सतर्कता अपनाउदै ट्रम्पलाई ह्वाइटहाउस भित्रको अन्डरग्राउण्ड बंकरमा झण्डै आधा घण्टा राखिएको थियो। त्यसयता पनि अमेरिकामा निरन्तर प्रदर्शन भइरहेको छ।

अमेरिकाको सरकारको मिनियापोलिस राज्यसहित ४० शहरहरुका सरकारले कर्फ्यू जारी गरेको छ। तर पछिल्लो क्रियाकलाप हेर्दा प्रहरीले पनि प्रदर्शनकारीलाई समर्थन गरेको त्यहाँका सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।अमेरिकन प्रहरी प्रमूखले राष्ट्रपतिलाई राम्रो बोल्न आउँदैन भने चुप लागेर बस्न आग्रह गरेका थिए। उनले भनेका थिए अहिले हामीलाई राम्रो नेतृत्वको खाँचो छ। अहिलेको नेतृत्वले झन संकट पारेको छ। भएका प्रहरीले घुडा टेकेर शान्तिको प्रार्थना गरेका छन्।

Comments
Loading...
You might also like