खेल

रियाल मड्रिड ला लिगामा उपाधि नजिक

game
  • 9
    Shares

एजेन्सी। स्पेसिन लिग फुटबल ला लिगामा रियाल मड्रिडले उपाधि जित्ने संभावना बलियो पारेको छ। लिग अन्तर्गत गएराति भएको खेलमा गेटाफेमाथि १–० को साँघुरो जित निकाल्दै रियाल मड्रिडले दोस्रो स्थानको बार्सिलोनासँग चार अंकको अग्रता कायम गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन ७९ औँ मिनेटमा सर्जियो रामोसले पेनाल्टीमार्फत निर्णायक गोल गरे। यो गोलसँगै रामोसले स्पेनिस लिग फुटबलमा ४ सय ५० गोल पुरा गरेका छन्। जितपछि शीर्ष स्थानको रियाल मड्रिडको ३३ खेलबाट ७४ अंक भएको छ। समान खेलबाट बार्सिलोनाको ७० अंक छ।

अब लिगमा बाँकी पाँच खेल मध्ये चार खेलमा जित निकालेमा रियाल मड्रिडले किर्तीमानी ३४ औं पटक स्पेनिस लिग जित्नेछ। लिग अन्तर्गत गएराति नै भएको अर्को खेलमा ओसासुनाले आइबरलाई २–० ले तथा रियाल सोसिडाडले इस्पानियोललाई २–१ ले पराजित गरे।

लेखकको बारेमा

लाेकपाटी न्यूज