मार्केट

आज पनि घट्यो सुनको मूल्य

gold-coins
  • 67
    Shares

काठमाडौं, १९ असार। आज पनि सुनको मूल्य घटेको छ। लगातार दोस्रो दिन पनि सुनको मूल्य घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा ५०० रूपैयाँले घटेको छ।

बिहिबार प्रतितोला ९१ हजारमा कारोबार भएको छापावाल सुन शुक्रबार ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजाबी सुन प्रतितोला ९० हजार ६५ रुपैयाँमा कारोबार भएको छ। यसअघि बिहिबार सुनको मूल्य प्रतितोला ७ रूपैयाँ घटेको थियो ।

सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ। चाँदीमा प्रतितोला ५ रुपैयाँ बढेर ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

लेखकको बारेमा

लाेकपाटी न्यूज