बिबिएलमा सन्दीपले लिए तीन विकेट

  • 6
    Shares
0

काठमाडौं। मेल्बोर्न स्टार्सबाट अस्ट्रेलियन फ्रेन्चाइज लिग बिग बास लिग (बिबिएल) खेलिरहेका नेपाली स्पिनर सन्दीप लामिछानेले मेल्बोर्न रेनेगेड्सविरुद्धको खेलमा तीन विकेट लिएका छन्।

सुरुआती दुई ओभरमा विकेट लिन नसकेका सन्दीपले व्यक्तिगत तेस्रो ओभरमा १५ रन खर्चेर दुई विकेट लिएका थिए।

१५औं ओभरमा आफ्नो तेस्रो ओभर लिएर आएका सन्दीपले तेस्रो बलमा शौन मार्सलाई नाथान कोल्टर नाइलको हातबाट क्याच आउट गराएका थिए। मार्सलाई आउट गरेसँगै क्रिजमा आएका ड्यानियल क्रिस्टियन विकेटकिपर पिटर ह्याण्ड्सकोबको हातबाट स्टाम्पिङ आउट भए।

१७औं ओभरमा आफ्नो कोटाको अन्तिम ओभर बलिङ गरेका सन्दीपले अन्तिम बलमा टोम कुपरलाई एलबिडब्लुको शिकार बनाएका हुन्। प्रतियोगिताका सुरुआती ५ मध्ये ४ खेलमा जित हासिल गरेको सन्दीपको टोली स्टार्स ८ अङ्‍कसहित तालिकाको शीर्ष स्थानमा छ।

जारी खेलमा हासिल गरेका तीन विकेटसँगै जारी प्रतियोगितामा सन्दीपले ६ विकेट लिएका छन्।

Comments
Loading...
You might also like