विप्लवको किसान संगठनका केन्द्रीय अध्यक्ष नेकपामा प्रवेश

  • 4.5K
    Shares
0

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका युवा नेता राजु कार्की सत्तारुढ नेपाल कम्युनिट पार्टी (नेकपा) प्रवेश गरेका छन्।

उनी विप्लव नेकपा निकट किसान संगठनका केन्दीय अध्यक्ष हुन्। नेता कार्कीलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका थिए। नेकपा सबै परिवर्तनकारी क्रान्तिकारीहरुको पार्टी भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले नेता कार्की मूलथलोमा फर्किएकोमा खुसी व्यक्त गरे।

नेता कार्कीले अध्यक्ष प्रचण्डको नेतृत्वमा नै समाजवादी क्रान्ति सम्पन्न हुने विश्वास सहित पार्टीमा प्रवेश गरेको बताए। उनले समृद्ध नेपाल निर्माणको महाअभियानमा सबै क्रान्तिकारी परिवर्तनकारी शक्तिहरु एकजुट हुनु पर्ने आवश्यकता औल्याए।

पछिल्लो समय विप्लव नेकपाका नेता कार्यकर्ताहरुले पार्टी परित्या गर्दै आएका छन्। सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि गत वर्ष फागुन २८ मा प्रतिबन्ध लगाएको थियो।

Comments
Loading...
You might also like