कृषि विकास बैंकको नाफामा सुधार

  • 13
    Shares
0

काठमाडौं। कृषि विकास बैंकले खराब कर्जा सल्टाएर २२.८० प्रतिशतले नाफा सुधार गरेको छ। बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ५८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।

अघिल्लो वर्षको यहि अवधिमा एक अर्ब २८ करोड रुपैयाँ नाफा गरेको थियो। कर्जा विस्तार भएपनि बैंकको खुद व्याज आम्दानी भने ९.२५ प्रतिशतले घटेको छ। व्याज खर्च बढ्दा बैंकको खुद व्याज आम्दानी आर्जन घटेको हो।

दोस्रो त्रैमाशिक अवधिमा ३ अर्ब १७ करोड रुपैयाँ आर्जन गरेको बैंकले जनाएको छ। एक वर्षको अवधिमा १५.५१ प्रतिशतले निक्षेप सुधार हुँदा ७.५० प्रतिशतले कर्जा विस्तार भएको छ। कर्जाभन्दा निक्षेप धेरै हुँदा खुद व्याज आम्दानीमा भारी गिरावट आएको हो।

बैंकका अनुसार दोस्रो त्रैमासिक अवधिमा एक खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १५ अर्ब कर्जा लगानी गरेको छ। खराब कर्जा ०.५९ प्रतिशतले घटेर ३.९१ प्रतिशतमा झार्न सफल भएको छ। नाफामा सुधारसँगै प्रतिशेयर आम्दानी ६ रुपैयाँले बढेर ३१ रुपैयाँ पुगेको छ।

Comments
Loading...
You might also like