खेतीपातीमा जोड गरौं, यो आत्मनिर्भर बन्ने अवसर पनि हो : नेता अधिकारी

  • 679
    Shares
0

काठमाडौं, २२ चैत्र। नेकपाका केन्द्रीय सदस्य एवं गोरखा क्षेत्र नं.–१ का संघीय सांसद हरिराज अधिकारी ‘कुमार’ले उच्च सतर्कताका साथ लकडाउनलाई खुकुलो बनाउनुपर्ने बताएका छन्। शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा उनले यस्तो लेखेका हुन्।

सरकारले शनिबारबाट अत्यावश्यक कामका लागि उद्योग र खेतीपातीको काम गर्न दिने निर्णय गरेको छ। लकडाउनका कारण दैनिक जनजीवन प्रभावित बन्दै जाँदा सरकारले लकडाउन खुकुलो पार्न थालेको हो। लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदूरहरु चर्को मारमा पर्न थालेका छन्।

नेता अधिकारीले पनि लकडाउनलाई थप व्यवस्थित तर खुकुलो बनाउनुपर्ने मत राखेका छन्। उनले खेतीपातीको काम सुचारु नगरे देशको अर्थतन्त्र कमजोर हुने र भविष्यमा देशमा खाद्य संकट निम्तिन सक्नेतर्फ सबैको ध्यानाकर्षण गराएका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘कोरोनाबाट बच्न सरकारले गरेको विविध उपायहरुसँगै लकडाउनको आज १२ औं दिन हो। मेरो बुझाइमा नेपालमा कोरोना बाहिरबाट नै आएको रहेछ। आवश्यक स्थानहरुमा कोरोना उपचार केन्द्रहरू बनाउँ। बोर्डर र हवाई क्षेत्रमा अझै कडाइपूर्वक ठप्प नै पारी देशभित्र जनताको आवागमन सहज पार्ने र आम जनतालाई कम्तिमा १ वर्ष खानेकुरा उत्पादनमा थप मेहेनतका साथ आफै लाग भनौं। सुचारू भएका साना ठूला विकास निर्माणका कामहरू अगाडि बढाउँ। यतिबेला खेतीपातीको सिजन हो। जनतामा राहातको मनोविज्ञान बढ्दै जाने, उत्पादनको बेला घरमा बस् भन्ने, भोलि राहात दिन नसक्ने र उत्पादन कम हुने भएपछि हालत के होला ?’

Comments
Loading...
You might also like