युवा नेता हरिश गौतमको पहलमा मजदुरलाई खाद्यान्न बितरण

  • 696
    Shares
0

काठमाडौं, २२ चैत। युवा समाजसेवी तथा उद्यमी हरिशदेव गौतमको टोलीले ज्याला मजदुरी गर्ने करिब एक सय जना श्रमिकलाई राहत वितरण गरेको छ। बर्दियाबाट काठमाडौंमा आएर लकडाउनका कारण समस्यामा परेका बिपन्न मजुर परिवारलाई खाद्यान्न सहयोग गरेका हुन्।

शुक्रबार काठमाडौंको ठमेलमा ७८ जना, महराजगंजमा १२ जना र कपनमा १० जनालाई सोही स्थानमा पुगेर आवश्यक खाद्यान्नसमेत वितरण गरेका हुन्।

ठमेलको राहत वितरण कार्यमा गाहिटी युथ क्लबले समन्वयनकारी भूमिका निर्वाह गरेको थियो भने बर्दियाका राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य शिव रिमाल लगायतका समाजसेवी युवाहरु प्रवेश महत क्षेत्री, महेन्द्र विष्ट र टिकाराम जोशीको उपस्थित रहेको थियो।

7

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड-१९) भाइरस संक्रमण र नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरेको छ। लकडाउनका कारण बिपन्न मजदुर परिवार बढि प्रभावित भएका छन्।

2

3

Comments
Loading...
You might also like