थापा परिवारद्वारा बिपन्न मजदुरलाई १ लाख ७० हजारको राहत सामग्री सहयोग

  • 98
    Shares
0

थम्मन थापा/  बागलुङ, २२ चैत । कोरोना भाइरस कोभिड-१९ को विश्वव्यापी माहामारी बढेसँगै नेपाल सरकारले गत चैत ११ गतेदेखि देशलाई पूर्णरुपमा लकडाउन गरेको छ। अहिले दिनभर ज्याला मजदुरी गर्ने अति विपन्न परिवारलाई बिहान बेलुका छाक टार्न समस्या हुन थालेको छ।

उनीहरुलाई यो संकटको बेला सहयोगी हातहरु समेत बढन थालेका छन्। जापानमा लामो समयदेखि होटल व्यावसाय गर्दै आएका गलकोट नगरपालिका ७ मल्म सुन्तलारुखका दुर्गा बहादुर थापा र धर्मपत्नी सकुन केसी थापाको स-परिवारले वडाभित्रका विपन्न, ज्याला मजदुरी गर्ने र दलित परिवारलाई प्रति परिवार १ बोरा चामल, नुन र तेल सहयोग गरिएको थापाका पिता श्याम बहादुर थापाले जानकारी दिए।

थापाले बामियामा १३ घरपरिवार, आगाँखेतमा २, सिरबारेमा ६७, भल्साङ, कोल, फलाटे काउले, उकाला १९, आरानटोल मल्मडाँडा २३, म्याले खोलापारी ५, तल्लो सिरबारे ७, खाली टोकरी झिर्कामा १९ गरि १ सय ५५ घरपरिवारलाई नगद रु १ लाख ७० हजारको राहत सामाग्री सहयोग गरेका हुन्।

थापाले विपतको यो घडिमा बिपन्न परिवारलाई थोरै भए पनि राहतहोस् भनि खाद्यान्न सहयोग गरेको बताए। थापा परिवारले स्थानीय संघ, संस्था विद्यालय, मठ-मन्दिर र सामाजिक क्षेत्रमा पहिलेदेखि नै आर्थिक भौतिक सहयोग गर्दै आएका छन्।

राहत बितरण अभियानमा वडा अध्यक्ष टिका बहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गलकोट नगर सदस्य छुम बहादुर थापा, नगर सदस्य रुद्र केसी, वडा कमिटी सचिव हुम बहादुर बस्नेत, घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देश, सदस्य भूमिराज थापाको उपस्थिती रहेको थियो।

गलकोट नगरपालिका ७ को वडा कार्यालयको समन्वय तथा घुम्टे युवा परिवारको सहकार्यमा उक्त राहत सामाग्री सहयोग गरिएको यस अभियानका समन्वयकर्ता समाजसेवी खडक बहादुर थापाले बताए। संकटको यो समयमा घरमै राहत ग्रहण गरेपछि आफूहरु खुसी भएको स्थानिय श्री प्रसाद रानाले बताए।

Comments
Loading...
You might also like