चौतारी सहकारीद्वारा दैवि प्रकोप उद्धार कोषमा आर्थिक सहयोग

  • 65
    Shares
0

रमेश भुसाल/ सुनवल, २२ चैत। चौतारी बचत तथा ऋण सहकारी संस्था सुनवलले सुनवल नगरपालीकाको दैवि प्रकोप उद्धार विशेष कोषमा रु २१ हजार ५ सय ५ रुपैयाँ सहयोग गरेको छ। सञ्चालक समितिको २ पटक र लेखा सु-परिक्षण समितिको १ पटकको सुविधा, कर्मचारीबाट एकमुष्ठ रु २ हजार ५ सय र संस्थाको कल्याणकारी कोषबाट रु ६ हजार ५ रूपैयाँ गरि उक्त रकम बराबरको चेक सुनवल नगरपालिकालाई हस्तान्तरण गरेको चौतारी बचत तथा ऋण सहकारी संस्थाले जानकारी दिएको छ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ महामारीको रोकथामको लागि सरकारले लागू गरेको लकडाउनलाई सहयोग गरौं सवैले सावधानी अपनाउँ र विपन्न समुदायलाई समाजले जिम्मा लिउँ भन्दै सुनवल नगरपालिकाको दैवि प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको चौतारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजन कुमार आर्चायले जानकारी दिए।

बचत तथा ऋण सहकारी संघ पश्चिम नवलपरासीका अध्यक्ष समेत रहेका आर्चायले विश्वभरी फैलिएको कोभिड-१९ महामारीले आक्रान्त पारेको यस परिस्थितीमा सबैले सावधानी आपनाउनुको विकल्प नभएको बताए।

Comments
Loading...
You might also like