धनगढी बजार पूर्ण बन्द

लोकपाटी न्यूज

धनगढी, २३ चैत।कोरोनाका थप ३ संक्रमित भेटिएपछि आजदेखि धनगढी बजार पूर्ण रुपमा बन्द भएको छ । अस्पताल बाहेक सबै क्षेत्र बन्द भएका छन् । आज बजारमा कुनै पनि पसल खुलेका छैनन् ।

धनगढी उपमहानगरपालिकाले शनिबार विज्ञप्ति प्रकाशन गर्दै सम्पूर्ण पसल बन्द गर्ने निर्णय गरेको थियो । यस अवधिमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु होम डेलिभरी गर्न उद्योग वाणिज्य संघ कैलाली, किराना व्यवसायी संघ कैलाली, दुग्ध व्यवसायी, तरकारी व्यवसायीलगायत सबैमा आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्