अमेरीकाले चिनियाँ एयरलाइन्सको उडान रोक्ने

  • 36
    Shares
0

काठमाडौं, २२ जेठ, अमेरिकाले चीनबाट आउने–जाने उडानहरुलाई आगामी जुन १६ देखि रोक्ने भएको छ। अमेरिकाको यो कदमलाई दुई देशबीच बढ्दो तनावको संकेतको रुपमा हेरिएको छ। अमेरिकाको यातायात विभागका अनुसार चीनले अमेरिकी उडानहरुलाई आफ्नो देशमा प्रवेश गर्न अनुमति नदिएको जवाफमा यो निर्णय लिइएको हो।

चीनमा कोरोनाभाइरसको महामारी नियन्त्रणमा रहेको छ भने अमेरिका यतिबेला विश्वमै सबैभन्दा प्रभावित राष्ट्रको रुपमा रहेको छ। यो बेला दुई देशबीच कोरोनाभाइरस र हङकङको मुद्दामा तनाव बढिरहेको छ। अमेरिकाले हवाई यात्राको मुद्दामा चीनसँग छलफल जारी रहने जनाएको छ। यातायात विभागको आदेश चीनका चार एयरलाइन्समाथि लागू हुनेछ – एयर चाइना, चाइना इस्टर्न एयरलाइन्स, हेनान एयरलाइन्स र चाइना सदर्न एयरलाइन्स।

यी एयरलाइन्सले महामारीको दौरान पनि अमेरिकाबाट उडान सञ्चालन गरिरहेको थियो । यद्यपि, यिनीहरुको क्षमता भने घटाइएको थियो। यतायात विभागको फैसला लागू हुनका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुमति आवश्यक हुन्छ। ट्रम्पले हालका दिनमा चीनप्रति आक्रामक रवैया अपनाएका छन्, विशेष गरेर महामारी र हङकङको मुद्दामा।अमेरिकाको यो निर्णयबारे चीनमा रहेको अमेरिकी दूतावासबाट कुनै टिप्पणी आएको छैन।

Comments
Loading...
You might also like